नेपाली कांग्रेसले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा क्रम संख्या अनुसार अगाडि रहेकी थापालाई सिफारिस गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई अर्को नाम सिफारिस गर्न भनेको थियो।
कांग्रेसले उक्त स्थानमा थापाको नाम निर्वाचनमा आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।
थापाको नाम आदिवासी जनजाती महिलातर्फ बन्दसूचीमा पाँचौँ नम्बरमा थियो। उनीभन्दा अगाडीका चार जना प्रदेश सभासदस्य बनिसकेका छन्।
150
Shares

प्रतिक्रिया