राजनीति


बीआरआईबारे कांग्रेस- कुनै द्विविधा नलिइकन अनुदान सम्झौता कार्यान्वयन गर्छौँ

बीआरआईबारे कांग्रेस- कुनै द्विविधा नलिइकन अनुदान सम्झौता कार्यान्वयन गर्छौँ

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १२:३०, काठमाडौँ

नेपाली कांग्रेसले बीआरआईका विषयमा कुनै द्विविधा राख्नुपर्ने अवस्था नरहेको बताएको छ।

कांग्रेस प्रवक्ता प्रकाशरण महतले बिहान बूढानीलकण्ठमा सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘अनुदान सहयोग लिने हिजोको पनि हाम्रो निर्णय थियो। आज पनि त्यही निर्णयमा हामी कायम छौँ। नेपाल सरकारले चीन सरकारसँग जुन हस्ताक्षर गरेको छ, त्यसले त्यसले पनि अनुदान दिने कुरालाई निषेध होइन, अनुदानलाई नै महत्त्व दिएर त्यो शब्द त्यहाँ प्रयोग भएको छ। त्यहीअनुरुप हाम्रो प्रधानमन्त्रीले अनुदान सहयोग नै लिने, अरु लिन सक्दैनौँ भनेर चिनियाँ समकक्षीहरुसँग राखिसकेकाले यसमा हामीले द्विविधा नलिइकन अनुदान सहयोग कार्यान्वयन गर्ने नै हो। प्रधानमन्त्रीको पनि त्यही भनाइ छ। हाम्रो पनि त्यही भनाइ छ।’

बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा कार्यसम्पादन समितिको बैठक बसेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad