राजनीति


गण्डकीका सभामुखको कदमप्रति कांग्रेसले भन्यो– कानुनी उपचारको बाटोमा जान्छौँ

गण्डकीका सभामुखको कदमप्रति कांग्रेसले भन्यो– कानुनी उपचारको बाटोमा जान्छौँ

फाइल तस्बिर


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १८:४८, काठमाडौँ

नेपाली कांग्रेसले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले  विश्वास मत पाएको घोषणाप्रति गम्भीर असहमति जाहेर गरेको छ।

कांग्रेसले ६० सदस्यीय प्रदेशसभामा बहुमतको लागि ३१ जना सांसदको समर्थन जररी रहेको जिकिर दोहोर्‍याउँदै यो प्रकरणमा पुनः न्यायिक निरुपण खोज्ने पनि जनाएको छ।

कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्योपानेद्धारा जारी विज्ञप्तिमा सभामुखको भुमिकाप्रति पनि खेद प्रकट गरिएको छ। 

विज्ञप्तिको पूर्ण पाठ:

प्रस्तुत विषयमा गण्डकी प्रदेश सभामा मुख्यमन्त्री मा. खगराज अधिकारीले मिति २०८१ बैशाख २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरुप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पुरा नगरी मा. सभामुखले असंवैधानिक तबरबाट मुख्यमन्त्री मा. खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनि गर्नुभएको घोषणा÷निर्णय पूर्ण रुपमा असंवैधानिक, संसदीय अभ्यास र परम्परा विरुद्ध छ।

मा. सभामुख जस्तो तटस्थ भूमिकामा रहेर संविधान र प्रदेश सभा नियमावलीको अधिनमा रहि यसको कार्यान्वयन र पूर्ण पालना गर्नुपर्नेमा संवैधानिक निकायमा रहनुभएका, तटस्थ भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवार ब्यक्तिहरुबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पु¥याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद विषय हो।

यस तर्फ नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यनाकर्षण भएको छ। गण्डकी प्रदेश सभामा तत्काल कायम रहेका ६० सदस्यीय मध्ये विश्वासको मतका निम्ति ३१ सदस्यको समर्थनमा विश्वासको मत प्राप्त गर्नुपर्नेमा सो नभई बहुमत सदस्यको विश्वासको मत प्राप्त नगरेको अवस्थामा मा. मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको भनि गरिएको असंवैधानिक घोषणा/निर्णय प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति छ। यो असंवैधानिक निर्णयलाई नेपाली कांग्रेस संसदीय दल पूर्ण रुपमा अस्वीकार गर्दै कानुनी उपचारको प्रक्रियामा जाने जानकारी गराउँदछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .