ad ad

राजनीति


प्रतिनिधिसभा समानुपातिकतर्फ ५० हजार मत गन्न बाँकी, कुन दलको भोट कति?

प्रतिनिधिसभा समानुपातिकतर्फ ५० हजार मत गन्न बाँकी, कुन दलको भोट कति?

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १४:४, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अब सकिन लागेको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अब ५० हजारजति मात्र गन्न बाँकी छ। 

आयोगको सूचना प्रणालीमा बाजुराको मत समावेश गरिसकेको जानकारी दिँदै उनले भने, ‘दोलखाको पनि २५/३० हजार मत आयोगको प्रणालीमा समेटिसकेका छौँ, अब त्यस्तै ५० हजारजति बाँकी होला।’

यो खबर तयार पार्दासम्म गणना भएकामध्ये १ करोड ५ लाख २३ हजार ७ सय १५ मत सदर भएको आयोगको तथ्यांकले देखाएको छ। ‘अब ३० हजारजति थपिन्छ होला’, सहायक प्रवक्ता अर्यालले भने। 

आज बेलुकीसम्म प्रतिनिधिसभाको समानुपातिक मत गनेर सकिने अनुमान गरिएको उनले बताए। प्रत्यक्षतर्फका भने १६५ क्षेत्रकै नतिजा सार्वजनिक भइसकेको छ। 

आयोगका सहायक प्रवक्ता अर्यालले अहिलेसम्मको आँकडाले १ करोड साढे १० लाखजति समानुपातिक मत खसेको र तीमध्ये ५ लाखजति बदर भएको आकलन गरिएको बताए। 

अहिलेसम्म सात दल– नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। थ्रेसहोल्ड नकटाएका दलले पाएको मत काम लाग्दैन अर्थात् खेर जान्छ। 

सहायक प्रवक्ता अर्यालले बताएअनुसार अब ३० हजारजति मत थपिँदा थप दलले थ्रेसहोल्ड कटाउने सम्भवना निकै कम छ। यसो हुँदा झन्डै ३ लाख मत ल्याएको नेकपा एकीकृत समाजवादीको मत खेर जाने सम्भावना बढेको छ।  

अहिलेसम्मको मत विवरण :

नेकपा एमाले
२८,४५,६४१

नेपाली कांग्रेस
२७,१५,२२५

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,७५,६८४

राष्ट्रिय स्वतन्त्र पार्टी
११,३०,३४४

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८८,८४९

जनता समाजवादी पार्टी, नेपाल
४,२१,३१३

जनमत पार्टी
३,९४,६५५

नेकपार्टी एकीकृत समाजवादी
२,९८,३९१

नागरिक उन्मुक्ति पार्टी
२,७१,७२२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .