ad ad

राजनीति


दोलखामा बालकृष्ण शिवाकोटीभन्दा १४ सय मतले गंगा कार्की अगाडि

दोलखामा बालकृष्ण शिवाकोटीभन्दा १४ सय मतले गंगा कार्की अगाडि

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी र माओवादी उम्मेदवार गंगा कार्की।


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ६:५०, काठमाडौँ

दोलखाको मतगणना जारी छ। रातिबाट सुरु भएको त्यहाँको मतगणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार अहिलेसम्म ३ हजार ६ सय ४३ मतगणना भएको छ। जसमध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीकी कार्कीले २ हजार ३ सय ३९ मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेको श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

उनीहरुबीचको १४ सय ७ मतको अन्तर छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेलले १ सय १८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .