ad ad

राजनीति


स्याङ्जापछि बाजुरामा पनि मतगणना सुरु

स्याङ्जापछि बाजुरामा पनि मतगणना सुरु

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १८:३५, कञ्चनपुर

बाजुरामा मतगणना सुरु  भएको छ। केहीबेरअघि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेले बताए।

गत मंसिर ४ गते मतदानको दिन बाजुराका विभिन्न मतदान केन्द्रमा विवाद हुँदा मतगणना हुन सकेको थिएन। निर्वाचन आयोगले स्थलगत अध्ययन गरेपछि बाजुरामा मतगणना गर्ने निर्णय गरेको थियो।

आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना सुरु गर्न निर्देशन दिएको थियो। 

मतगणना सुरु गर्न डाकिएको बैठकमा एमालेका प्रतिनिधि नगएपछि मतगणना अगाडि बढ्न सकेको थिएन। 

सर्वपक्षीय सहमतिपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .