सुनसरी क्षेत्र नम्बर ४ को मतगणना रोचक बन्दै गएको छ। मतगणना अन्तिमतिर पुग्दैगर्दा यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
संचारमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ७३ मत प्राप्त गरेका छन्। त्यस्तै, कार्कीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ६९ मत प्राप्त गरेका छन्।
पछिल्लो परिणाम अनुसार कार्की र कुसियैतबीच ४ मतको मात्र अन्तर छ।
यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो। सुरुवाती चरणबाट कार्कीले अग्रता लिँदैगर्दा एमालेका कुसियैतले पनि एकपटक उछिनेका थिए।
यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।
मंसिर १५, २०७९, बिहीबार
प्रतिक्रिया