राजनीति


सीके राउतको जनमत पार्टीले समानुपातिकमा कटायो ३ लाख मत

सीके राउतको जनमत पार्टीले समानुपातिकमा कटायो ३ लाख मत

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ९:३०, काठमाडौँ

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ लगभग अन्तिम चरणमा पुग्दा समानुपातिकको मत पनि सँगसँगै गणना भइरहेको छ। 

मधेश केन्द्रीत दल जनमत पार्टीले समानुपातिकतर्फ ३ लाख मत कटाएको छ। सीके राउत नेतृत्वमा गठन भएको सो पार्टीले अहिलेसम्म ३ लाख ५ सय ६८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

यो पार्टीका चुनाव चिन्ह हर्न हो। सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीलाई समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन हम्मे परिरहँदा यो दल भने थ्रेसहोल्ड नजिकै पुगेको छ।

पछिल्लो तथ्याकं अनुसार नेकपा एमालेले २५ लाख ८५ हजार ८१४, नेपाली कांग्रेसले २४ लाख ५३ हजार ७५, माओवादी केन्द्रले ११ लाख १ हजार ३६०, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार ४१४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५२ हजार ४० र जनता समाजवादी पार्टीले ३ लाख ५८ हजार ३१८ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .