ad ad

राजनीति


नतिजा आउन बाँकी १६ क्षेत्रमा को कहाँ अगाडि? (सूचीसहित)

नतिजा आउन बाँकी १६ क्षेत्रमा को कहाँ अगाडि? (सूचीसहित)

नेपालखबर
मंसिर १०, २०७९ शनिबार १९:६, काठमाडौँ

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम अवस्थामा पुगेको छ। प्रतिनिधिसभाका १६५ सिटमध्ये १४९ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

अब १६ क्षेत्रको निर्वाचन परिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको मतगणना स्थगित छ। स्याङ्जा–२, दोलखामा मतगणना स्थगित छ भने बाजुरामा मतगणना नै सुरु भएको छैन्। 

१३ क्षेत्रको निर्वाचन परिणाम आउन बाँकी छ। उदयपुर–१, धनुषा–१ र ४, रामेछाप, इलाम–१ र २, पाँथचर, मोरङ–१, सुनसरी–१,२, ३ र ४, महोत्तरी–१ गरी १३ क्षेत्रको परिणाम आउन रहेको हो। 

जसमध्ये ५ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको अग्रता छ भने नेकपा एमालेले ४ ठाउँमा अग्रता रहेको छ। माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टीको १ र जनता समाजवादी पार्टीको १ निर्वाचन क्षेत्रमा अग्रता कायम छ। 

यीमध्ये केही निर्वाचन क्षेत्रमा मतगणना अन्तिम चरणमा पुगेको छ। इलाममा भने मतगणना प्रभावित भएको छ।

यी हुन मतपरिणाम आउन बाँकी १३ निर्वाचन क्षेत्रः
उदयपुर–१
धनुषा–१ र ४
रामेछाप
इलाम–१,२
पाँथचर
मोरङ–१
सुनसरी–१,२,३,४
महोत्तरी–१

दलगत अग्रता
नेपाली कांग्रेस
रामेछाप
सुनसरी–४
उदयपुर–१
धनुषा–४
मोरङ–१

नेकपा एमाले
इलाम–१
सुनसरी २ र ३
इलाम–२

नेकपा माओवादी केन्द्र
महोत्तरी–१
सर्लाही–२

राष्ट्रिय स्वतन्त्र पार्टी
सुनसरी–१

जनता समाजवादी पार्टी
धनु्षा–१

स्थगित भएका निर्वाचन क्षेत्रः
स्याङजा-२
दोलखा
बाजुरा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .