ad ad

राजनीति


ओलीले भने : केही पार्टीको मत वृद्धि अस्वाभाविक देखियो

ओलीले भने : केही पार्टीको मत वृद्धि अस्वाभाविक देखियो

नेपालखबर
मंसिर १०, २०७९ शनिबार १९:११, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी मतगणनामा केही पार्टीका मत वृद्धि अस्वाभाविक भएको बताएका छन्। उनले मतगणनामा गलत कार्य भएको हुनसक्ने भन्दै आशंका पनि व्यक्त गरेका छन्।

त्यस्ता गलत कार्य हुन नदिन मतगणना स्थलमा रहेका कार्यकर्तालाई चनाखो बस्न पनि ओलीले निर्देशन दिएका छन्।

‘समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।  जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्। मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .