इलाम क्षेत्र नं. २ को मतपरिणाम घोषणा स्थगित भएको छ।
नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेको यो निर्वाचन क्षेत्रमा अन्तिम समयमा परिणाम घोषणा रोकिएको हो।
निर्वाचन अधिकृतको हस्ताक्षबिनाको ४० मतपत्र भेटिएपछि विवाद भएर मतगणना स्थगित भएको हो।
विवादपछि मतगणनास्थलबाट गठबन्धनका प्रतिनिधिहरु बाहिरिएकाले छलफल पनि हुन पाएको छैन।
अन्तिम मतपरिणाम सार्वजनिक हुने बेलामा त्यहाँ गणना स्थगित भएको हो। यसअघि रुपन्देही ३ मा पनि विवाद भएपछि आयोगले एमालेका प्रतिनिधि मात्रै राखेर मतगणना गरेको थियो।
आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेम्वाङले २९ हजार १ सय ३५ र खड्काले २८ हजार ५ मत ल्याएका छन्।
इलाम नगरपालिकाको वडा नं १ मतगणना सकिँदा नेम्वाङले अन्तिम परिणाममा पनि अग्रता लिएसँगै त्यहाँ विवाद भएर कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका थिए।
Shares
प्रतिक्रिया