सप्तरी क्षेत्र नम्बर- ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई पराजित गर्दै चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन्।
चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका यादवले १७ हजार ८७७ मत पाएका छन्।
यसअघि चौधरीले सप्तरी ४ बाट ०७० र ०७४ को निर्वाचन पनि जितेका थिए।
यो सँगै कांग्रेसले सप्तरीका दुई क्षेत्रमा जित हासिल गरेको छ। जिल्लाका चारमध्ये एक क्षेत्रमा जसपा र एक क्षेत्रमा जनमत पार्टीका सीके राउत विजयी भएका छन्।
276
Shares
प्रतिक्रिया