राजनीति


प्रचण्डले भने : सत्ता गठबन्धनले अपेक्षा गरेअनुसार परिणाम आएन

प्रचण्डले भने : सत्ता गठबन्धनले अपेक्षा गरेअनुसार परिणाम आएन

गोरखामा आयोजित कार्यक्रममा प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १४:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले अपेक्षा गरेअनुसार परिणाम मंसिर ४ को निर्वाचनबाट आउन नसकेको बताएका छन्। 

गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएपछि शुक्रबार त्यहाँस्थित बासिन्दालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'गोरखाबाट नयाँ सुशासन अभियान थाल्न हामी यहाँ आएका हौँ। यहाँबाट विकास र समृद्धिको अभियान थाल्छौँ', उनले भने, 'गोरखामा गठबन्धन जे भए पनि परिणामत: गठबन्धन सफल भएको छ। सबै हाम्रा उम्मेदवार विजयी हुनु भएको छ।'

तर दाहालले देशभरको अवस्था हेर्दा सत्ता गठबन्धनले अपेक्षा गरे जस्तो परिणाम आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

'गठबन्धनमा जुन अपक्षा थियो त्यस्तो हुन सकेन', उनले भने, 'नसोचेका नसोचेका केही कुरा भए। देशैभरी अपेक्षा गरेअनुसार परिणाम आएन।'

दाहालले यो निर्वाचनको परिणामलाई लिएर सत्ता गठबन्धनको बैठक तत्कालै बसेर समीक्षा गरिने पनि बताएका छन्। 

'परिणाम सोचे जस्तो आएन', उनले भने, 'त्यसका लागि दलहरुले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ। हामी यसबारेमा गठबन्धनको बैठकमा समीक्षा गर्नेछौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad