राजनीति


बामदेवलाई हराएका सञ्जयको तेस्रोपटक संसदमा ‘इन्ट्री’

बामदेवलाई हराएका सञ्जयको तेस्रोपटक संसदमा ‘इन्ट्री’

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ६:१६, काठमाडौँ

गत संसदीय निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर चर्चित बनेका सञ्जयकुमार गौतम तेस्रोपटक सांसदमा निर्वाचित भएका छन्। विसं २०७४ को संसदीय निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट उाले एमाले उपाध्यक्ष वामदेवलाई हराएपछि चर्चामा आएका थिए।

उनै गाैतम बर्दिया १ बाटमा निर्वाचित भएका छन्।

विसं २०२० वैशाख १३ गते बर्दियामा किशोरकुमार गौतम र रक्षा गौतमको सुपुत्रका रुपमा जन्मिएका सञ्जयकुमारले २०३६ सालमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिक यात्रा आरम्भ गरेका हुन्। 

विसं २०४६ पछि उनले कांग्रेसको क्रियाशील सदस्यता लिए। उनले कांग्रेसको गुलरिया सचिव, क्षेत्रीय कार्य समिति सदस्य, कांग्रेस बर्दिया जिल्ला कार्य समिति सदस्य हुँदै जिल्ला सभापतिका रुपमा जिम्मेवारी बहन गरेका थिए। 

जिल्ला सभापतिपछि उनले केन्द्रीय कार्यसमिति सदस्य भएर पनि काम गरेका छन्। 

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा बर्दिया क्षेत्र नं २ बाट निर्वाचित भई गौतम संविधान निर्माणमा सक्रिय भए। 

यही कार्यकालमा २०७४ साउन ११ गतेदेखि २०७४ फागुन ३ गतेसम्म उनी सिँचाइमन्त्री बने।

गौतम ३० हजार छ सय ११ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरेका छन्। 

कांग्रेसका उम्मेदवार गौतमले चार हजार चार सय ५६ मतको अन्तरले विजयी भएका हुन।

राजनीतिक आन्दोलनका क्रममा पटकपटक गरी सात महिना जेल जीवन बिताएका उनी दोस्रो निर्वाचनपछि निरन्तर संसदीय यात्रामा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad