राजनीति


संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री मेटमणि

संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री मेटमणि

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ६:१९, काठमाडौँ

सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन्। 

विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा एमालेका तर्फबाट सांसद निर्वाचित चौधरी २०७८ सालमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी भएका हुन्। 

विसं २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको सुपुत्रका रुपमा जन्मिएका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। राजनीतिसँगै हाल उनी विद्यावारिधि अध्ययनरतसमेत छन्। 

विसं २०४५ मा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति सुरु गरेका हुन्। विसं २०४६ मा उनले अनेरास्ववियु छैटौँको सदस्यता लिए। चौधरी २०४७ सालमा एमाले प्रवेश गरे। विसं २०४८ मा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गरे। उनी २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य बने। चौधरीले नेकपाको दाङ जिल्लाको सहइञ्चार्ज भएर पनि काम गरे। 

विसं २०७४ मा सांसदमा निर्वाचित भएपछि उनले संसद्का अर्थ समितिमा बसेर पनि काम गरे। विकास र अर्थतन्त्रमा विशेष रुचि राख्ने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा तीन महिना जेल बसे। सांसद चौधरी आफूलाई समानताको पक्षधर तथा सामाजिक सद्‌भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन चाहन्छन्। 

पिछडिएको क्षेत्र, जात र समुदायको पक्षमा उनले निरन्तर वकालत गरिरहेका छन्। अधिकार र पहिचानका लागि हुने आन्दोलनमा मन्त्री चौधरीको नेतृत्वदायी भूमिका छ। तीन दशक लामो राजनीतिक यात्राका क्रममा उनले दोस्रोपटक सांसद हुने अवसर पाएका हुन्। 

एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन्। मन्त्री चौधरीले २६ हजार पाँच सय ६३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी शान्ताले २१ हजार चार सय ७९ मत पाइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .