ad ad

राजनीति


रविले भने : हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाइ तथा दिदीबहिनीको हो

‘बाटो बिराएँ भने खबरदारी गर्नुहोला’
रविले भने : हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाइ तथा दिदीबहिनीको हो

चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै। तस्बिर : नारायण अधिकारी/रासस


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १६:४४, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन्।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताए। 

चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएपछि रवि लामिछाने। तस्बिर : नारायण अधिकारी/रासस

‘हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाइ तथा दिदीबहिनीको हो’, उनले भने। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रूपमा अगाडि बढाउने उनको भनाइ छ। 

‘मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ’, उनले भने, ‘अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षामा खरो उत्रनेछौँ।’

उनले अहिले नै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुङ्गो नलागेको बताए। 

‘पार्टीको बैठकबाट यसबारे निर्णय गर्छाैं’, उनले भने, ‘एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेन्डा कार्यान्वयनमा ल्याउने छौँ।’

उनले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताए। 

‘मैले कहीँ बाटो बिराएँ भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .