ad ad

राजनीति


कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल मोरङ ५ (ख)बाट विजयी

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल मोरङ ५ (ख)बाट विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ८:२२, विराटनगर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मतान्तरदले पराजित गरेका छन्। आर्याल र यादवबीचको मतान्तर ५ हजार २७८ छ।

आर्यालले १६ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए। तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए। 

मोरङ ५ (ख) मा ३४ हजार ८ सय ४ मत खसेको थियो। जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ। निर्वाचन अधिकृत गणेश नायकले मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए। 

यसअघि मोरङ क्षेत्र नं. ५ (क) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन्।

आर्याल २०३८ सालमा नेबिसंघ मोरङको सभापति भएका थिए। २०६४ सालदेखि लगातार नेपाली काँग्रेसको मोरङको निर्वाचित जिल्ला सभापति भएर उनले काम गरे। 

नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भएका उनी काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .