सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई विजयी भएका छन्।
एमालेका सुवास राज देवकोटालाई तीन हजार ३२० मतान्तारले पछि पार्दै भट्टराई वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
भट्टराइले १५ हजार आठ सय ५३ मत प्राप्त गर्दा देवकोटाले १२ हजार पाँच सय ३३ मत प्राप्त गरेका छन्।
सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण अधिकारीले दुई हजार ९२, स्वतन्त्र उम्मेदवार अन्पु अधिकारीले पाँच सय २६, नेपाल मजदुर किसान पार्टीका कृष्ण सुन्दर मचामसीले ५७ मत प्राप्त गरेका छन्। रासस
प्रतिक्रिया