आइतबार सम्पन्न प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर २ प्रदेश (१) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मोक्तान विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार उनले १९ हजार आठ सय ७३ मत ल्याएर जित हात पारेकी हुन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णुप्रसाद ढकालले १९ हजार पाँच सय ५१ मत प्राप्त गरेका छन्।
मोक्तानले तीन सय २२ मत बढी ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।
२०७४ को प्रदेशसभा निर्वाचनमा उनी यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनी २०७८ मा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन्।
36
Shares

प्रतिक्रिया