ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको जित सुनिश्चित भएको छ। पछिल्लो मतपरिणाम अनुसार गणना गर्न बाँकीभन्दा धेरै मतको मतान्तर बनाउँदै कार्कीले जित सुनिश्चित गरेकी हुन्।
उनी स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएकी हुन्। बेलुकी साढे १० बजेको परिणाम अनुसार अब यहाँ १३ हजार मात्र मत गन्न बाँकी छ।
कार्कीले २४ हजार ४ सय ६७ मत प्राप्त गरेकी छिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १३ हजार ५ सय १३ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर १३ हजार ५ सय १३ मतको रहेको छ।
त्यस्तै, सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले ७ हजार ५ सय ५७ मत प्राप्त गरेकी छिन्।
69
Shares
प्रतिक्रिया