ad ad

राजनीति


कांग्रेसले पनि कटायो समानुपातिकतर्फ तीन लाख मत

कांग्रेसले पनि कटायो समानुपातिकतर्फ तीन लाख मत

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २२:१३, काठमाडौँ

नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ३ लाख मत कटाएको छ। राति १० बजेसम्मको मतगणनामा कांग्रेसले समानुपातिकतर्फ ३ लाख मत कटाएको हो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसको मत ३ लाख ५ हजार २१ पुगेको छ। नेकपा एमाले ३ लाख ३१ हजार १०६ मतसहित समाुनपातिकतर्फ पहिलो दलका रुपमा देखिएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा अस्तित्वमा आएको दल राष्ट्रिय स्वतन्त्र पार्टी  १ लाख ६८ हजार ४७५ मतका साथ समानुपातिकतर्फ तेस्रो स्थानमा छ। 

एमालेले कटायो समानुपातिकमा ३ लाख मत, एकीकृत समाजवादी नवौं स्थानमा

उसलाई चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्र १ लाख ४९ हजार ३३७ मतसहित पछ्याइरहेको छ। राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ८७ हजार १६३ मत पाएर पाँचौं स्थानमा छ। 
जनता समाजवादी पार्टी (जसपा) को ३१ हजार ४६९, नेपाल मजदुर किसना पार्टी ९नेमकिपा० को २९ हजार ७६१, जनमत पार्टीको २३ हजार १८९ मत आएको आयोगले जनाएको छ।

आयोगका अनुसार एमाले चोइटिएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी १९ हजार ५४१ प्रतिनिधिसभा समानुपातिकतर्फ नवौं स्थानमा छ। उसलाई स्थानीय तह निर्वाचन अघि अस्तित्वमा आएको नागरिक उन्मुक्ति पार्टीले १४ हजार ९६५ मतसहित पछ्याइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .