राजनीति


मुख्यमन्त्रीको टिकट खोसेर चुनाव लड्ने स्वकीय सचिवले प्रदेशसभामा बाजी मारे

मुख्यमन्त्रीको टिकट खोसेर चुनाव लड्ने स्वकीय सचिवले प्रदेशसभामा बाजी मारे

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:४६, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन्।

डोटी प्रदेश सभा–२ बाट ओलीले १४ हजार ४७ मतसहित बाजी मारेका हुन्। उनका प्रतिस्पर्धी एमालेका टेकबहादुर बमले १३ हजार १२८ मत मात्रै ल्याउन सके। 

प्रदेशसभा–२ मा राप्रपाका मोहन बमले १ हजार ३२७ मत ल्याएका छन्। माओवादी केन्द्रका ओली सत्तारुढ दलको साथले प्रदेशसभामा विजयी भएका हुन्।

यसै क्षेत्रबाट ०७४ को चुनावमा माओवादी केन्द्रका त्रिलोचन भट्ट विजयी भएका थिए। त्यसपछि उनले पाँच वर्ष सुदूरपश्चिमको नेतृत्व गर्ने अवसर पाए। 

उनै भट्ट यसपटक प्रतिनिधि सभामा चुनाव लड्न चाहन्थे। तर गठबन्धनमा डोटी नेकपा एकीकृत समाजवादीको भागमा परेपछि उनी प्रदेशमा दोहरिन चाहे। तर, भट्टको टिकट खोसेर स्वकीय सचिव ओली प्रदेशसभामा उम्मेदवार बनेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad