ad ad

राजनीति


निर्वाचन भएको चार दिनपछि मुगुमा मत गणना सुरु

निर्वाचन भएको चार दिनपछि मुगुमा मत गणना सुरु

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७९ बुधबार ११:६, मुगु

निर्वाचन सकिएको चार दिनपछि बुधबारदेखि मुगुमा मतगणना सुरु भएको छ। 

भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन गर्न समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। 

‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो’, उनले भने, ‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पु¥याइएको थियो।’

प्रमुख जिल्ला अधिकारी महतले बुधबार बिहान बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताए। 

मुगुमा ३४ हजार नौ सय ६२ मतदाता छन्। त्यसमध्ये २६ हजार छ सय १५ (७४.४९ प्रतिशत) मत खसेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .