ad ad

राजनीति


प्रदेश १ का २८ मध्ये ११ क्षेत्रमा एमाले अगाडि, सातमा कांग्रेस, पाँचमा माओवादी

प्रदेशतिर पनि एमालेलाई २० क्षेत्रमा अग्रता
प्रदेश १ का २८ मध्ये ११ क्षेत्रमा एमाले अगाडि, सातमा कांग्रेस, पाँचमा माओवादी

फाइल तस्बिर


ध्रुव भट्टराई
मंसिर ७, २०७९ बुधबार १०:४५, विराटनगर

प्रदेश १ मा २८ वटै संघीय निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। हालसम्म २८ मध्ये उदयपुर २ को मतगणना सकएिको छ। 

त्यहाँ नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन्। उनले नेकपा एकीकृत समाजवादी पार्टीका जगन्नाथ खतविडालाई पराजति गरे।

मतगणना भइरहेका अन्य २७ वटा निर्वाचन क्षेत्रमा एमाले ११ स्थानमा अगाडि छ। निर्वार्चन आयोगका अनुसार  एमाले इलामको १ र २, झापाको २, ४ र ५, मोरङका १ र २, धनकुटा, सुनसरीको ३ र ४, सोलुखुम्बु र तेह्रथुममा अगाडि छ। 

दोस्रो स्थानमा रहेको कांग्रेस ७ वटा निर्वाचन क्षेत्रमा अगाडि छ। कांग्रेसले ७ निर्वाचन क्षेत्रमा अग्रता बनाउँदा माओवादी केन्द्रका उम्मेदवारले ५ ठाउँमा लिड गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ मा अग्रता बनाउँदा राष्ट्रिय स्वातन्त्र पार्टीका लालवक्रिम थापाले सुनसरी २ मा अग्रता कामय राखेका छन्।

यस्तै मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले मतान्तर फराकिलो पार्दै लगेका छन्।

इलाम १ मा एमालेका महेश बस्नेतले झलनाथ खनालसँगको अग्रता फराकलिो बनाँउदै लगे पनि २ मा सुवास नेम्वाङ झिनो मतले मात्र अगाडि छन्।

तेह्रथुममा एमालेका डा. विजय सुब्बाले सुरूदेखि नै अग्रता बनाएका छन्। उनीसँग कांग्रेसबाट सीता गुरुङ मैदानमा छिन्। 

धनकुटामा एमालेका राजेन्द्र राईले अग्रता बढाइरहेका छन्। सोलुखुमबुमा पनि एमालेका मानव राई झिनो मतले अगाडि छन्।

सुनसरीका ४ वटा नर्विाचन क्षेत्रमध्ये ३ र ४ मा एमाले अगाडि छ। मोरङको १ र २ मा एमालेले लिड गरिरहेको छ।

कांग्रेस झापा क्षेत्र नम्बर १ मा निरन्तर अगाडि छ। महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अग्नि खरेललाई फराकिलो मतले पछि पारेका छन्।

मोरङ ३ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्। ६ मा डा. शेखर कोइराला चुनावी मैदानमा छन्। 

३ मा डा. सुनिल शर्माले लिड गरेका छन्। पाँचथरमा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे झिनो मतले अगाडि छन्। त्यहाँ एमालेका उम्मेदववार वसन्त नेम्वाङसँग उनको प्रतस्पिर्धा छ।

संखुवासभामा पनि कांग्रेसका दीपक खड्का अगाडि छन्। ओखलढुंगामा रामहरि खतविडा, उदयुर १ मा डा नारायण खड्का अगाडि छन्।

मोरङ ४ , सुनसरी १, ताप्लेजुङ, खोटाङ र भोजपुरमा माओवादीका उम्मेदवारले लिड गरेका छन्। 

मोरङ ४ मा अमनलाल मोदी, सुनसरी १ मा मुक्साहाङ्ग मेन्यांवो, ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, खोटाङमा रामकुमार राई र भोजपुरमा सुदन करिाती अगाडि छन्।

यस्तै रवि लामछिानेको पार्टी राष्ट्रिय स्वतन्त्र २ स्थानमा अगाडि छ। हालसम्म रास्वपा झापा ४ र सुनसरी २ मा आगाडि छ। 

राप्रपा झापा ३ तथा स्वतन्त्र उम्मेदवार मोरङ ५ मा अगाडि देखिएका छन्।

प्रदेशसभाका ५६ वटा नर्विाचन क्षेत्रमध्ये अहलिे ४२ वटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ। जसमध्ये ३ वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ।

जसमा मोरङ ५ , १ ओखलढुंगाको १ र २ वटै प्रदेशसभा निर्वाचनको मतगणना सकएिको हो। 

जसमा मोरङ ५,१ र ओखलढुंगाको १ मा कांग्रेसका उम्मेदवार क्रमशः गयानन्द मण्डल र प्रदीपकुमार सुनुवार निर्वाचित भएका हुन्। 

यस्तै ओखलढुंगा २ बाट माओवादीका उम्मेदवार बाबुराम गौतम निर्वाचित भएका छन्।

हालसम्म एमालेले २० स्थानमा अग्रता लिएको छ। यस्तै कांग्रेस ११ स्थानमा, माओवादी ४ स्थानमा, नेकपा समाजवादी र राप्रपा २‍-२ स्थानमा अगाडि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .