नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उठेको झापा क्षेत्र नम्बर ५ को मत गणना जारी छ।
ताजा मतपरिणाम अनुसार ओली अहिले पनि निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारभन्दा झन्डै दोब्बर मतले अगाडि छन्।
प्राप्त विवरणअनुसार अहिलेसम्म ओली पक्षमा ३६ हजार ५ सय २८ आएको छ।
प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका ओली मतगणनाको सुरुवातदेखि नै अघि छन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १८ हजार ४ सय १६ मत ल्याएका छन्।
यो नतिजा ७१ हजार ४ सय १ मत गनिसक्दासम्मको हो।
अधिकारी २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग नै हारेका थिए। ५७ हजार १३९ मतसहित ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनले २८ हजार २९७ मत पाएका थिए।
मंसिर ७, २०७९, बुधबार
प्रतिक्रिया