रुकुम पूर्व ‘क’ मा माओवादी केन्द्रका उम्मेदवारलाई माओवादीकै बागी उम्मेदवारले पराजित गरेका छन्।
माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई ६ सय ४३ मतान्तरले हराउँदै बागी उम्मेदवार सरुल पुन विजयी भएका हुन्।
विजयी भएका पुनले ४ हजार ४ सय ६५ मत प्राप्त गर्दा पराजित ओलीले ३ हजार ९ सय ३२ मतमात्र प्राप्त गरेका छन्।
पराजित ओली २०७४ को निर्वाचनमा त्यही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा विजयी भएका थिए।
यसमध्ये ओली माओवादी जनयुद्धकालमा माओवादी सेनाको डिभिजन कमाण्डर थिए भने पुन बिग्रेड कमाण्डर भएका थिए।
2.0k
Shares
प्रतिक्रिया