ad ad

खेल


समूहको पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले अंक बाँडे

समूहको पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले अंक बाँडे

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २०:४४, काठमाडौँ

विश्वकप फुटबलमा समुह डी का डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन्। समूहको पहिलो खेलमा गोलरहित बराबरी गर्दा दुवै टोलिको खातामा समान एक अंक भएको छ।

दोहास्थित अल रयानस्थित एजुकेसन सिटी स्टेडियममा मंगलबार बेलुकी भएको खेलमा दुवै टोलीको गोल गर्ने प्रयास सफल भएन।

कतारमा जारी विश्वकपमा यो दोस्रो बराबरी हो। खेलमा ट्युनिसियाविरुद्ध दबाब बनाए पनि डेनमार्कले गोल गर्न सकेन। केही सुन्दर प्रहारमा ट्युनिसियाका गोलरक्षक आयमेन दहमेन बाधक बने। अन्तिम समयमा पेनाल्टीका लागि डेनमार्कले अपिल गरे पनि भीएआरपछि रेफ्रिले अस्वीकार गरे। 

ट्युनिसिया पहिलो पटक अन्तिम १६ मा स्थान बनाउन चाहन्छ। डेनमार्क लगातार दोस्रो पटक समूह चरण पार गर्ने लक्ष्यमा छ। यहि समूहमा साविक विजेता फ्रान्स र अष्ट्रेलिया पनि भएकाले सहज भने हुने छैन। 

खेलमा ६० प्रतिशत बल पोजेसन बनाएको डेनमार्कले राम्रो मुभ सृजना गरे पनि गोल गर्न सकेनन्। खेल अवधिभर ट्य्निसालाई दबाबमा राखेपनि रक्षा घेरा तोड्न नसक्दा डेनमार्कले अंक बाँड्न पुग्यो।

खेलको ६९ औँ मिनेटमा क्रिस्टेन एरिक्सनको प्रहारले पोष्टको दिसा लिन सकेन। 
मंगलबार नै भएको समूह सीको पहिलो खेलमा साउदी अरेबीयाले उपाधि दाबेदार अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ। मंगलबारको तेस्रो खेलमा समूह सी का मेक्सीको र पोल्याण्ड तथा मध्यराति समूह डी का फ्रान्स र अष्ट्रेलिया भिड्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .