राजनीति


काठमाडौँ–७ : घण्टी र सूर्यको टक्कर, मानुषी तेस्रो

काठमाडौँ–७ : घण्टी र सूर्यको टक्कर, मानुषी तेस्रो

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १४:२८, काठमाडौँ

काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अगाडि रहेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। 

कूल १४ हजार सात सय ३१ मतगणना हुँदा दोस्रो मत नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन्। घिमिरेले तीन हजार तीन सय ५४ र लोकतान्त्रिक वाम–गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले दुई हजार ६ सय ९६ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताइन्। 

काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ।

काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ म्तदान केन्द्रमा मतदान भएको थियो। ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६ सय मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad