ad ad

राजनीति


भीम रावलको गृहजिल्लाका दुवै क्षेत्रमा गठबन्धन अगाडि, एमाले पछाडि

भीम रावलको गृहजिल्लाका दुवै क्षेत्रमा गठबन्धन अगाडि, एमाले पछाडि

फाइल तस्बिर : पुष्पबहादुर शाह र शेरबहादुर कुँवर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ९:९, कञ्चनपुर

अछामका दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको अग्रता छ। क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर ६ हजार ४८१ मतसहित अगाडि छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले ४ हजार १८५ मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका पुष्पबहादुर शाह ५ हजार ४२० मतसहित अगाडि छन्।

९ हजार ६३६ मत गणना हुँदा शाहका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले ३ हजार ६३८ मत प्राप्त गरेका छन्। 

अछाम एमाले नेता भीम रावलको गृहजिल्ला हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .