सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता कायम राखेको छ। सुरुदेखि नै एमाले उम्मेदवार सरेश नेपालले अग्रता कायम राखेका हुन्।
पछिल्लो मत परिणाम अनुसार यहाँ कुल ८ हजार ३ सय ३४ मत गणना भएको छ।
जसमध्ये नेपालले ३४ सय ८४ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोधले ३२ सय ५८ मत प्राप्त गरेका छन्।
बाह्रबिसे नगरपालिकाको १ र २ नम्बरको गणना सकेर अहिले ३ नम्बरको मतगणना जारी छ।
सिन्धुपाल्चोकमा सोमबार राति ९ बजेपछि मात्र मतगणना सुरु भएको थियो।
180
Shares
प्रतिक्रिया