भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका महेश बस्नेत १२ सय ९१ मतले पछि परेका छन्।
पछिल्लो मतपरिणाम अनुसार यहाँ ३० हजार ३ सय ९३ मत गणना भएको छ। जसमध्ये एमाले उम्मेदवार बस्नेतले १० हजार ७ सय ६२ मत प्राप्त गरेका छन्।
त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दुर्लभ थापाले १२ हजार ५३ मत प्राप्त गरेका छन्।
थापाले सुरुदेखि नै अग्रता कायम राखेका छन्।
444
Shares
प्रतिक्रिया