राजनीति


बागलुङ १ मा चित्रबहादुर केसीको अग्रता कायमै, एमाले पछ्याउँदै

बागलुङ १ मा चित्रबहादुर केसीको अग्रता कायमै, एमाले पछ्याउँदै

फाइल तस्बिर : चित्रबहादुर केसी


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ६:४७, काठमाडौँ

बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीको अग्रता कायमै छ।

प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले २ हजार ५१६ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका सूर्यप्रसाद पाठकले २ हजार १ सय ९३ मतसहित पछ्याइरहेका छन्।

केही बेरअघि प्राप्त रिपोर्टंअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले १ हजार ४ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६० र नेपाली कांग्रेस बीपीका शिवलाल सापकोटाले ६ १३ मत प्राप्त गरेका छन्।

हालसम्म ६ हजार ५ सय ६४ मत गनिसकिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .