काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई उछिनेका छन्।
सुरुदेखि अगाडि रहेका सिंहलाई उछिन्ने क्रममा मिश्रले अहिले २४१७ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले २३०२ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १४४० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत ल्याएका छन्।
नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले १०३५ मत ल्याएका छन्।
234
Shares
प्रतिक्रिया