मकवानपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पछि पारेका छन्।
एमालेका युवा नेतासमेत रहेका बर्तौलाले पूर्व स्वास्थ्यमन्त्री खतिवडालाई उछिन्दै अग्रता लिएका हुन्।
२ हजार ३८५ मत गनिसक्दा बर्तौलाले ८७५ मतसहित अग्रता बनाएका छन्। उनलाई पछ्याइरहेका खतिवडाको ८२६ मत छ।
तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४५९ मत ल्याएका छन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनालीले २७ मत ल्याएका छन्।
603
Shares

प्रतिक्रिया