राजनीति


काठमाडौँ–९ मा सूर्य र घण्टीको टक्कर, ३ मतले कृष्णगोपाल श्रेष्ठ अगाडि

काठमाडौँ–९ मा सूर्य र घण्टीको टक्कर, ३ मतले कृष्णगोपाल श्रेष्ठ अगाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:५५, काठमाडौँ

काठमाडौँ क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले ५ सय ६४ मतसहित अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ५ सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन्। 

नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए। 

उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत पाएका छन्। दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .