राजनीति


कपिलवस्तुका २ वटा क्षेत्रमा मतगणना सुरु, एउटामा सर्वदलीय बैठक जारी

कपिलवस्तुका २ वटा क्षेत्रमा मतगणना सुरु, एउटामा सर्वदलीय बैठक जारी

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:७, काठमाडौँ

कपिलवस्तुका २ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। क्षेत्र नम्बर २ र ३ मा मतगणना सुरु भएको छ। क्षेत्र नम्बर १ मा भने सर्वदलिय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत सुर्यनाथ प्रकाश अधिकारी जानकारी दिए।

उनले कुनै पनि क्षेत्रको प्रारम्भिक मत परिणाम सार्वजनिक नभएको अधिकारीले बताए।

कपिलवस्तु क्षेत्रनम्बर १ मा नेकपा एमालेका बलराम अधिकारी प्रतिस्पर्धा रहेका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका चक्रपाणी खनाल रहेका छन्। 

कपिलवस्तु क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट बृजेश कुमार गुप्ता प्रतिस्पर्धी रहेका छन् भने गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज आचार्य रहेका छन्।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा एमालेको तर्फबाट मंगल प्रसाद गुप्ता रहेका छन् भने गठबन्धनको तर्फबाट कांग्रेसका अभिषेक प्रताप शाह रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad