राजनीति


काठमाडौं १ को मतगणना जारी, केहीबेरमा प्रारम्भिक मतपरिणाम आउने

काठमाडौं १ को मतगणना जारी, केहीबेरमा प्रारम्भिक मतपरिणाम आउने

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:१४, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार बिहान साढे ८ बजेबाट मतगणना सुरु गरिएको हो। 

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ। केही ठाउँमा मतपेटिका संकलन भइरहेको छ।

केहीबेरमा यहाँको प्रारम्भिक मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको खतिवडाले नेपालखबरलाई जानकारी दिए। 

काठमाडौं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा छ। 

यहाँ केही स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad