राजनीति


मधेशका जिल्लामा बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी

मधेशका जिल्लामा बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ४:१०, काठमाडौँ

मधेश प्रदेशका जिल्लामा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरू हुन सकेको छैन ।

प्रदेशका आठवटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा मतपेटिका सङ्कलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ ।

धनुषामा आइतबार रातिदेखि मतगणनाको प्रक्रिया सुरू हुने भनिए पनि सबै क्षेत्रको मतपेटिका सङ्कलन र रुजु गर्ने काम जारी रहेकाले बिहानदेखि मात्र मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

यसैगरी सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सम्भवतः बिहान आठ बजेपछि मात्रै मतगणना सुरू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad