ad ad

कारोबार


आगामी वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने प्रधानमन्त्री ओलीको दाबी

आगामी वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने प्रधानमन्त्री ओलीको दाबी

नेपालखबर
फागुन ३, २०७७ सोमबार ६:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष मुलुकमा १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन्।

उनले संसारले नै नसोचेको कोभिड–१९ संकट आइपरेका कारण बिभिन्न मुलुकको आर्थिक गतिबिधि संकटमा पर्दा पनि नेपाल सरकारको सुझवुझ र नीतिगत स्पष्टताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको दाबी गरे।

आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो वर्ष ७ प्रतिशत र दोस्रो वर्ष त्योभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएको उनले बताए।

‘बेलायती पत्रिका दि इकोनोमिस्टले १० उदियमान अर्थतन्त्रको रुपमा नेपाललाई प्रस्तुत गर्‍यो,’ उनले भने, ‘तर कोभिड–१९ आइलाग्यो।’

उनले कोभिड–१९ को महामारी नियन्त्रणमा आएसँगै नेपालको अर्थतन्त्र अब फेरि पुरानै लयमा फर्किन लागेको बताए।

‘पुनः उच्च आर्थिक वृद्धिको बाटो समाउने गरी अर्थतन्त्र चलायमान भएको छ, आगामी वर्ष १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने वातावरण बनेको छ,’ उनले भने।

उनले पुनर्सबलीकरण गरिएकाे सिंहदरबार भवन उद्घाटनपछि आफ्नाे तीन वर्षे कार्यकालकाे समीक्षाबारे धारणा राख्दै साे भनाइ व्यक्त गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .