ad ad

राजनीति


बाजुरामा हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको नौ दिनपछि दाहसंस्कार

बाजुरामा हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको नौ दिनपछि दाहसंस्कार

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १२:३४, काठमाडौँ

गत मंसिर ४ गते हत्या गरिएका नेकपा एमालेनिकट अनेरास्ववियुका नेता चेतन अयडीको नौ दिनपछि दाहसंस्कार गरिएको छ। 

एमाले बाजुराले सोमबार बिहान अयडी शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेको थियो। त्यहाँबाट शव यात्रा चलाइएको छ।

त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट मंसिर ४ गते राति ३२ वर्षीय अयडीको ज्यान गएको थियो। 

विवाद हुँदा कुटपिटबाट घाइते भएका अयडी उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

यो घटनामा उनका परिवारले हत्यामा २२ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। दोषीलाई कारवाही माग गर्दै एमाले बाजुर आन्दोलित छ। घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको जनाउँदै प्रहरीले अरुको खोजी भइरहेको उल्लेख गरेको छ। 

बयलपाटा अस्पतालमा राखिएको अयडीको शव बाजुरा लगेर अन्तिम श्रद्धाञ्जली दिएपछि दाहसंस्कार गरिएको हो। 

मतदानका क्रममा दिउँसो कांग्रेस कार्यकर्तासँग विवाद भएकाले उनीहरुले नै आक्रमण गरेको बताइएको थियो। मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो। 

दुई पक्षले मतपेटिका खोसाखोस गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर २३ वर्षीय युवक सञ्जीव ऐडीको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .