राजनीति


स्वास्थ्य क्षेत्रको एक खर्ब बजेट मध्ये आधा भ्रष्टाचार हुने दाबी

स्वास्थ्य क्षेत्रको एक खर्ब बजेट मध्ये आधा भ्रष्टाचार हुने दाबी

नेपालखबर
चैत १६, २०८२ सोमबार १७:४७, काठमाडौँ

नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्य क्षेत्रको करिब एक खर्ब बजेटमा आधा रकम भ्रष्टाचार हुने गरेको दाबी गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा संघले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

उनले नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल भ्रष्टाचार मैत्री ‘सार्वजनिक खरिद ऐन’ बनाएको आरोपसमेत लगाए । अध्यक्ष बस्नेतले विगतका सरकारमा सहभागी दलका प्रतिनिधिले स्वास्थ्य क्षेत्र सुधारका मुद्धाहरु अख्तियार गरे पनि त्यसलाई अत्याधिक भ्रष्टाचारको आधार बनाएको आरोप लगाए। 

बस्नेतले वर्तमान सरकारलाई भ्रष्टाचारको जालो तोड्ने ऐतिहासिक अवसर जनताले दिएको भन्दै सरकारले मौका नगुमाउने विश्वास व्यक्त गरे। स्वास्थ्यमा छुट्याईने आर्थिक वर्षको कुल बजेटको ५० प्रतिशत रकम अपचलन हुने गरेको बताउँदै उनले भने, ‘मन्त्री, कर्मचारी, बिचौलिया र तस्कर व्यवसायीको मिलेमातोमा आधा खरब रकम लुटेर खाने प्रचलनमा ब्रेक लगाउन यो सरकारलाई अवसर छ।’

उनले सार्वजनिक खरिद ऐन २०६३ नै स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको मुल आधार रहेको जिकिर गरे। उनले भने, ‘जनताको सेवाभन्दा पनि आफू र सिमित आसोपासेको दुनो साझ्यान पटकपटक खरिद ऐन संशोधन गरेर आफू अनुकुल बनाएका छन्, त्यसलाई अब जनमैत्री बनाउनु पर्छ।’ यो ऐन संसोधन  नगरे कानुनलाई नै टेकेर भ्रष्टाचार हुने उनले बताए। ‘व्यवसायीले दिएको स्पेसिफिकेसन (विवरण) र सर्तहरु हुबहु छापेर सेटिङमा बोलपत्र प्रकाशित गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारसम्म भ्रष्ट कर्मचारी र माफिया सक्रिय रहेका छन्’ बस्नेतले भने । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad