राजनीति


गाउँपालिका अध्यक्षको गाडी सातामा एक दिन नागरिकलाई निःशुल्क यातायात

गाउँपालिका अध्यक्षको गाडी सातामा एक दिन नागरिकलाई निःशुल्क यातायात

सुनिता विष्ट
चैत २६, २०८२ बिहिबार १२:५१, हेटौंडा

धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चढ्दै आएको सरकारी सवारी एक दिनका लागि नागरिकको सेवामा दिने भएका छन्। 

अध्यक्ष श्रेष्ठले प्रगोग गर्दै आएको बी एबी ३१११ नम्बरको स्कर्पियो गाडी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म जाने नागरिकको लागि प्रयोगमा ल्याइने भएको हो। गजुरी गाउँपालिकाले नागरिकलाई लक्षित गर्दै निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठ बताउँछन्। 

इन्धन आपूर्ति प्रणालीमा देखिएको समस्याका कारण नागरिकलाई परेको असहजतालाई मध्यनजर गर्दै गाउँपालिकाले निःशुल्क सेवा सुरु गरेको उनको भनाइ छ। उनका अनुसार हरेक साताको सोमबार एक दिन नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जाने सेवाग्राहीलाई सहजीकरण गर्न गाडीको निःशुल्क व्यवस्था गरिएको हो।

‘गाउँपालिकामा पर्ने टोलहरूबाट राजमार्गसम्म निस्किएपछि धादिङ जिल्ला प्रशासन कार्यालयसम्म जाने-आउने व्यवस्था मिलाइएको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘जसका लागि सेवा लिन इच्छुक नागरिकलाई आइतबार बेलुकासम्म सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरिएको छ। इन्धन आपूर्ति समस्याले सार्वजनिक सवारीको भाडादर पनि बढेको छ। सरकार सुविधा जनप्रतिनिधिले मात्रै होइन, नागरिकले पनि पाउनुपपर्छ भनेर यस्तो कामको सुरुवात गरेको हुँ।’ 

नाम टिप्नका लागि स्थानीय सुमन लो तामाङलाई जिम्मा दिइएको उनले बताए। नागरिकको सहजताका लागि सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad