राजनीति


उपसभामुखमा श्रम संस्कृति पार्टीकै उम्मेदवारलाई तीन दलको समर्थन

उपसभामुखमा श्रम संस्कृति पार्टीकै उम्मेदवारलाई तीन दलको समर्थन

नेपालखबर
चैत २६, २०८२ बिहिबार १२:५५, काठमाडौँ

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।

एमालेका नेता एवं सांसद गुरु बरालका अनुसार तीन दलबीच समझदारी जुटेको छ। ‘यसमा हामीले नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृतिसँग संवाद गर्‍यौँ, प्रतिपक्षीय भूमिकामा रहेर एक जनाको उम्मेदवारी दिउँ भनेर समझदारी बनाएका छौँ,’ बरालले भने, ‘श्रम संस्कृतिकै उम्मेदवारलाई तीनै दलको समर्थन हुन्छ।’ 

संसदको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई समर्थन गर्छ भन्ने यकीन भइसकेको छैन। तर, राप्रपाले उम्मेदवारी दिए रास्वपाले समर्थन गर्ने सूचना पाएपछि चार दल एकै ठाउँमा उभिएका हुन्। 

बिहीबार उपसभामुखको उम्मेदवारी दर्ता हुँदै छ। श्रम संस्कृति पार्टीले उम्मेदवारको फारम लिइसकेको छ।

उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ। त्यसपछि शुक्रबार प्रतिनिधि सभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad