नेकपा (एमाले)का सचिव महेश बस्नेतले दुई तिहाइको सरकारका दिनगन्ति शुरू भएको बताएका छन्। अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी विरूद्ध प्रदर्शनमा उत्रिँदा टाउको फुटेर घाइते भएका कार्यकर्ताको शेयर गर्दै उनले लेखेका छन्– पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ।’
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरूङमाथि हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको गम्भिर आरोप लगाउँदै बस्नेतले उनीहरूद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्? भन्ने प्रश्नसमेत गरेका छन्। ‘तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला। दुईतिहाइको दम्भ बन्द गर,’ उनले भनेका छन्, ‘घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर।’
Shares

प्रतिक्रिया