राजनीति


मकवानपुरमा भोलि बिहानबाट मात्रै मतगणना

मकवानपुरमा भोलि बिहानबाट मात्रै मतगणना

नेपालखबर
फागुन २१, २०८२ बिहिबार २१:१०, हेटौंडा

मकवानपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ। 

मतदान सम्पन्न भएसँगै जिल्लाको १० वटै स्थानीय तहको मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम जारी रहेको छ। प्रदेश निर्वाचन अधिकारी हरि ढकालका अनुसार मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदातामध्ये एक लाख ८६ हजार ५५१ जनाले मतदान गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान गर्नेमा ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र अन्य ६ जना रहेका छन्। मकवानपुर-१ मा ९५ हजार ३१० मत खसेको छ भने मकवानपुर-२ मा ९१ हजार २४१ मत खसेको छ। जिल्लाका दुई अस्थायी सहित ३७६ मतदान केन्द्रमा निर्वाचन सम्पन्न  गरिएको थियो।

प्रमुख निर्वाचन ढकालका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु गरिनेछ। मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल हेटौँडा-४ स्थित भुटानदेवी माध्यमिक विद्यालय तोकिएको छ।

मकवानपुरका विकटमा रहेका मतदान केन्द्रका मतपेटिका छिमेकी जिल्ला हुँदै हेटौँडा ल्याउन पर्ने भएकोले भोलि मात्रै मतगणा गर्न लागिएको हो। मतपेटिका संकलन गर्न छिमेकी जिल्ला बारा, रौतहट र चितवनको सडक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad