राजनीति


कुरा होइन, काम गर्ने उम्मेदवारका रुपमा परिचित छु: डा. प्रकाशशरण महत

कुरा होइन, काम गर्ने उम्मेदवारका रुपमा परिचित छु: डा. प्रकाशशरण महत

नेपालखबर
माघ २९, २०८२ बिहिबार १५:२२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नुवाकोटलगायत देशभर कांग्रेसका उम्मेदवार बलियो स्थितिमा रहेको बताएका छन्। 

बिहीबार चुनावी कार्यक्रममा बोल्दै नुवाकोट-१ का उम्मेदवार महतले पार्टी जनताको सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा उपलब्ध हुने बताए। वैकल्पिक भनिएका दल शिर र पुच्छर नभएका भन्दै कांग्रेससँग तुलना नहुने उनको भनाइ थियो। 

‘वैकल्पिक भनिएका शक्तिहरूको शिर र पुच्छरको अत्तोपत्तो छैन। कहाँबाट आउँछन, कहाँ हराउँछन्। सामाजिक सञ्जालको प्रभावले उहाँहरू आइरहनु भएको छ,’ महतले भने, ‘हामीसँग संगठन छ, इतिहास छ। लामो समयदेखि जनतासँग जोडिरहेका छौँ। दिगो रुपमा काम गरिरहेका छौँ र अस्तित्वमा छौँ।’

उनले उर्जामन्त्री र अर्थमन्त्री हुँदा नुवाकोटमा काम गरेर देखाइसकेको बताए। ‘म प्रत्यक्ष निर्वाचन नलडे पनि धेरै काम गरेको छु। परिपक्व, इमान्दार र काम गर्नसक्ने व्यक्तिको पहिचान बनाइसकेको छु। त्यसैले मतदाताले मलाई रोज्नेछन्,’ महतले भने, ‘गाह्रोसाह्रो र अफ्ठयारो अवस्थामा पनि डा.महतले काम गर्छ भन्नेमा नुवाकोटबासी विश्वस्त छन्।’

कांग्रेस एकढिक्का भएकाले यस पटक पार्टीका उम्मेदवारलाई पनि सहज भएको महतको भनाइ छ। ‘हाम्रो आन्तरिक जीवनमा उतारचढावहरू आइरहन्छन्। अनेकौँ घटना घटिरहन्छन, त्यसलाई महत्त्व दिन जरुरी पनि छैन,’ महतलेभ ने, ‘विपक्षीसँग प्रतिपर्धा हुँदै छ, देश तरल अवस्थामा छ, मानसिकता खलबलिएकाले त्यसलाई स्थिरता दिनुपर्ने बाध्यता हामीमा छ। यस्ता अनेक संकटको समाधान कांग्रेसले नै गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad