राजनीति


बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै

बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै

नेपालखबर
चैत १८, २०८१ सोमबार १३:५५, हेटाैँडा

बागमती प्रदेश सभा सञ्चालनको बिषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ। प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आज अपराह्न ४ः३० बजे प्रदेशसभा सचिवालयमा बस्ने गरि बैठक आव्हान गरेका हुन्। 

पछिल्लो राजनीतिक घटनाक्रमले मंगलबार बस्ने सदन अवरुद्ध नहोस् भन्ने उदेश्यले सर्वदलीय बैठक आव्हान गरिएको सभामुख पाठकले बताए। 

‘पछिल्लो राजनीतिक घटनाक्रमले माथिल्लो सदनहरु पनि सञ्चालन हुन सकेका छैनन्,’ सभामुख पाठकले भने, ‘सोही कारण प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलीय बैठक आह्वान गरिएको हो।’

बागमती प्रदेश सभाका विपक्षी दलहरु विगतका सहमतीको बिषयलाई लिएर रुष्ट देखिएका छन्। सभामुख पाठकका अनुसार सत्तापक्ष र विपक्षीदल बीचको राजनीतिक सहमती कार्यान्वयनका सवालमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो। 

पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाई छ। 

साथै, बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचिका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ। 

सर्वदलीय बैठकको लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातवटै राजनीतिक दललाई आव्हान गरिएको सभामुख पाठकको भनाइ छ। 

सर्वदलीय बैठकको लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात वटै राजनीतिक दललाई आव्हान गरिएको सभामुख पाठकको भनाइ छ। बागमती प्रदेश सभामा रहेका नेपाली कांग्रेस (३७) र नेकपा एमाले (२७) सरकारमा छ भने नेकपा माओवादी केन्द्र (२१) प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (१३, सभामुख सहित), नेकपा एकीकृत समाजवादी (७), नेपाल किसान मजदुर पार्टी (३) र हाम्रो नेपाली पार्टी (२) प्रतिपक्षी दलको भूमिकामा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad