राजनीति


उपनिर्वाचन: गौरीशंकरको उपाध्यक्षमा प्रमुख ५ दलले महिलालाई उम्मेदवार बनाउने

उपनिर्वाचन: गौरीशंकरको उपाध्यक्षमा प्रमुख ५ दलले महिलालाई उम्मेदवार बनाउने

नेपालखबर
मंसिर २, २०८१ आइतबार ११:६, काठमाडौँ

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा प्रमुख पाँच दलले महिलालाई उम्मेदवार बनाउने तयारी गरेका छन्।  

यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मनोनय आज हुँदैछ। ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकरमा कांग्रेसबाट उपाध्यक्षमा विजयी भएका श्याम सुन्दर तामाङको गएको असार ३१ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। 

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा र राप्रपाले गौरीशंकरमा महिलालाई उम्मेदवार बनाउने तयारी गरेका हुन्।

कांग्रेसले पूर्व उपाध्यक्ष स्वर्गीय तामाङकी पत्नी पासदिकी शेर्पा तमाङ, एमालेले उमा मगर शेर्पा, माओवादी केन्द्रले निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गोमा श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मनकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेका हुन्। 

गएको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका थिए।।

त्यतिबेला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विश्वास कार्की र उपप्रमुखमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए।

गाउँपालिका प्रमुखमा माओवादीका कार्की चार हजार सात सय ५१ मतसहित विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी एमालेका जंग गुरुङले तीन हजार सात सय ५७ मत पाएका थिए। 

उपप्रमुखमा कांग्रेसका तामाङले चार हजार सात सय ४१ मत ल्याउँदा एमालेकी मुना शिवाकोटीले तीन हजार दुई सय ८१ मत पाएकी थिइन्। 

०७९ को निर्वाचनमा गौरीशंकरका अधिकांश वडामा माओवादी केन्द्र विजयी भएको थियो । माओवादी केन्द्रले वडा नम्बर १, २, ३, ७ र ८ गरी पाँचवटा वडामा जित हासिल गरेको थियो भने कांग्रेसले वडा नम्बर ४, ६ र ९ गरी तीनवटा वडा तथा एमालले वडा नम्बर ५ मा जित हासिल गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad