कारोबार


४ महिनामा पुँजीगत खर्च ३४ अर्ब हुँदा वित्तीयतर्फ करिब ८८ अर्ब मात्र

४ महिनामा पुँजीगत खर्च ३४ अर्ब हुँदा वित्तीयतर्फ करिब ८८ अर्ब मात्र

नेपालखबर
मंसिर २, २०८१ आइतबार ११:१६, काठमाडौँ

चालु आर्थिक वर्षका ४ महिनामा पुँजीगततर्फ ३४ अर्ब खर्च हुँदा वित्तीयतर्फ ८७ अर्ब ९६ करोड खर्च भएको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म विकास खर्चको तुलनामा साँवा-ब्याज तिर्न दोब्बर बढी खर्च भएको हो। 

सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब तथा वित्तीय खर्चका लागि ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आर्थिक वर्षका सुरुका ४ महिनामा पुँजीगत खर्च ९.८ प्रतिशत मात्रै हुँदा वित्तीय खर्च २३.९५ प्रतिशत भएको कार्यलयले उल्लेख गरेको छ। 

साधरण खर्चका लागि ११ खर्ब ४० अर्ब रुपैयाँ रकम छुट्याइएकामा २ खर्ब ९२ अर्ब रुपैयाँ अर्थात् २५.६५ प्रतिशत खर्च भएको छ।

सरकारले राजस्व संकलनको लक्ष्य १४ अर्ब १९ अर्ब रुपैयाँ राखेको थियो। हालसम्म ३ खर्ब २३ अर्ब रुपैयाँ संकलन भएको छ। अर्थात् २२.७८ प्रतिशत राजस्व संकलन भएको छ। अनुदानसहित अन्य आम्दानी ३ खर्ब २९ अर्ब रुपैयाँ संकलन भएको छ। 

करतर्फ २ खर्ब ८९ अर्ब रुपैयाँ र गैरकरतर्फ ३३ अर्ब रुपैयाँ संकलन भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad