राजनीति


एमाले बागमती : चुनाव रोकेर नेताहरूसँग संवाद गर्न च्यासल जाँदै ओली

एमाले बागमती : चुनाव रोकेर नेताहरूसँग संवाद गर्न च्यासल जाँदै ओली

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०८० बिहिबार १८:२८, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश कमिटी नेतृत्व चयन गर्न चुनावबाटै हुने निश्चित भएपछि त्यसलाई रोक्न अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएका छन्।

पार्टी कार्यालय च्यासलमा अहिले केहीबेरपछि ओली पुगेर सहमतीको लागि नेताहरुलाई निर्देशन दिने एक नेताले जानकारी दिए।

एमाले बागमती प्रदेशको नेतृत्व लिन चार जना नेताले उम्मेदवारी दर्ता गरेका छन्।

जसमा मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलास ढुंगेल, काठमाडौंका सानु श्रेष्ठ र केदारबहादुर बुढाथोकी छन्। केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। 

‘हाम्रो पार्टी अध्यक्ष अहिले पार्टी कार्यालय आउने सूचना पाएका छौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘सहमतीको अन्तिम प्रयास अझै जारी छ।’

सहमति गर्नकै लागि बिहीबार विहान ८ बजेदेखि सुरु गर्ने भनिएको निर्वाचन अझैसम्म सुरु भएको छैन।

अध्यक्षमण्डलका सदस्य एवं स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सहमति गर्नकै लागि निर्वाचन कार्यातालिका संशोधन गरिसकिएको छ।

अब शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्नेगरी कार्यतालिका मिलाइएको तामाङले बताए। 

एमाले बागमती प्रदेशको पहिलो अधिवेशन असोज ८ गते सुरु भएको हो। अधिवेशनमा ११७४ मतदाता छन्। बागमती प्रदेशका मतदाताको अन्तिम नामावली सार्वजनिक भएको छैन।

बुधबार प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म चुनाव हुने जानकारी दिएका थिए।

अध्यक्ष मात्र होइन उपाध्यक्ष, सचिव, उपसचिव लगायतका पदमा पनि धेरैको उम्मेदवारी परेको छ। १३ जिल्ला रहेको बागमतीमा प्रत्यक्ष जिल्लाबाट २०–२० जना सदस्य निर्वाचित हुनेछन्। 

बिहीबार बेलुका ९ बजेसम्म सहमतिको प्रयास गरिने तामाङले बताए।

सबै पदमा सहमति जुटे चुनाव नगर्ने एमालेको योजना छ। तर, अध्यक्ष लगायत पदाधिकारी पदमा दुईभन्दा बढी उम्मेदवारी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .